punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४५९ प्रजातिका चरा

Chaupati
safha napa

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या बढ्दै गएको छ ।

पछिल्लो अध्ययनअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या ४५९ पुगेको प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले जानकारी दिए ।

ुराष्ट्रिय निकुञ्जमा हरेक बेला चराहरूको अध्ययन भइरहेको हुन्छ, अहिले यहाँ चराका प्रजातिको सङ्ख्या बढ्दै गएको छ,ु उनले भने, ुशुक्लाफाँटामा विभिन्न समयमा बसाइँ सरेर पनि चराहरू आउने गरेका छन् ।ु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिने चराको प्रजाति पनि यहाँ रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवले बताए ।

यहाँ भुँडीफोर गरुड, राजधनेश, सुनैलो तोपचरा, खरमजुर, सानो खरमजुर, सुन गिद्ध र सारसलगायतका दुर्लभ चराका प्रजाति रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

ग्लष्नदिभ द्यद्यब्म्ब्ख्
ुयहाँ खरमयुर, सारस र विभिन्न समयमा गिद्ध पनि बसाइँ सरेर आउने गरेका छन्,ु सहायक संरक्षण अधिकृत यादवले भने, ुशुक्लाफाँटामा विभिन्न प्रजातिका चरा हिउँदको समयमा बसाइँ सरेर आउने गरेका छन् ।ु

नेपालमा पाइने ८८७ चराको प्रजातिमध्ये ४५९ प्रजाति शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा दक्षिण एसियाकै ठूलो घाँसेमैदान, ३६ वटा पाटेबाघ, १७ वटा गैँडालगायत वन्यजन्तु यहाँका आकर्षण हुन् ।

यहाँको घाँसेमैदानमा सयौँको सङ्ख्यामा देखिने बाह्रसिङ्गाको झुण्डले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । पछिल्ला वर्षहरूमा शुक्लाफाँटा भ्रमण गर्ने आन्तरिक पर्यटक सङ्ख्यासमेत बढेको छ । अहिले निकुञ्जमा पर्यटक भित्रिने सिजन भएकाले पनि आन्तरिक पर्यटक बढेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज प्रशासनका अनुसार अहिले महिनामा चार–पाँच सयको सङ्ख्यामा पर्यटक भित्रिने गरेका छन् ।


२६ फागुन २०७९, शुक्रवार ०७:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु