punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका एक्ला स्वतन्त्र सांसदले विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

Chaupati
safha napa

डडेल्धुराबाट प्रत्यक्ष निर्वाचित स्वतन्त्र सांसद डा। तारा जोशीले आज सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएका छन् ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएर उनी प्रतिपक्षी बेच्नमा बस्ने रणनीति बनाएका हुन् । आज दिउँसो मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । स्वतन्त्र सांसदले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका हुन् ।

‘मैले सरकारलाई स्थिर बनाउन विश्वासको मत दिने छु । तर, म सत्ता पक्षमा बस्दिन’ उनले भने ‘प्रतिपक्षमा रहेर जनताका बिषयमा वकालत गर्छु ।’ एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता शाहको नेतृत्वमा सरकार गठन भएको थियो ।

माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । शाहलाई विश्वासको मत दिन माओवादी केन्द्रले पनि निर्देशन दिइसकेको छ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।


२१ फागुन २०७९, आइतवार १३:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु