punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने एमाले संसदीय दलको निर्णय

Chaupati
safha napa

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने सुदूरपश्चिम एमाले संसदीय दलले निर्णय गरेको छ । संसदीय दलको कार्यालयमा सबेको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।
उनका अनुसार एमालेले शाहलाई विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
२६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज विश्वासको मत लिँदै छन् । आज माओवादी र कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएका छन् ।
हिजो माओवादीले यथास्थितिमा विश्वासको मत दिन नसकिने जनाएको थियो । नागरिक उन्मुक्तिले पनि लिखित सहमति नभए विश्वासको मत दिन नसकिने बताएको छ । आज १ बजे मुख्यमन्त्रीले विश्वासको मत दिएका छन् ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसदले उनलाई विश्वासको मत लिने निश्चित छ । त्यस बाहेक नागरिक उन्मुक्ति र माओवादी मध्ये एक ले विश्वासको मत दिए पनि शाह सरकार जोगिन्छ । दुवैले विश्वासको मत नलिए आजै सरकार ढल्ने छ । स्रोतका अनुसार माओवादी विश्वासको मत लिन लचिलो भएको छ ।तर, निर्णय भने गरिसकेको छैन।


२१ फागुन २०७९, आइतवार १०:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु