punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आईफोन बन्यो एसियामा सबैभन्दा धेरै प्रयोग हुने दोस्रो स्मार्टफोन, पहिलो कुन ?

Chaupati
safha napa

एसिया स्मार्टफोन उद्योगको लागि धेरै महत्त्वपूर्ण बजार हो । एसियामा स्मार्टफोनको लागि विश्वको सबैभन्दा ठूलो बजार भारत र चीन अवस्थित छ । यि दुवै देशमा मात्र करिब ३ अर्ब जनसङ्ख्याले स्मार्टफोन प्रयोग गर्दछ । यसकारण पनि स्मार्टफोन कम्पनीहरू एसिया बजारका लागि प्रतिस्पर्धा गरिरहन्छन् ।

पछिल्लो समयमा यो बजारको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ । हालै स्ट्याटकाउन्टरले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार सन् २०२३ को फेब्रुअरी महिनामा एसियामा सबैभन्दा धेरै मोबाइल बिक्री हुने कम्पनीको सूचीमा एप्पल दोस्रो स्थानमा उक्लिएको छ ।

लामो समयदेखि यो स्थानमा साओमी रहने गरेको थियो । तर साओमीलाई उछिन्दै एसियाली बजारमा एप्पलले आफ्नो बजार हिस्सा बढाएको हो । रिपोर्टका अनुसार एसियाली बजारमा एप्पलको १७.१५ प्रतिशत हिस्सा पुगेको छ भने साओमी १६.१९ प्रतिशत बजार हिस्साका साथ तेस्रो स्थानमा छ ।

यसैगरी सबैभन्दा धेरै २२.२५ प्रतिशत बजार हिस्सा सहित सामसङ पहिलो स्थानमा छन । एसियामा सामसङको ठूलो बजार हिस्सा छ । सबै बजेटमा उपलब्ध हुने स्मार्टफोनहरू, बजारीकरण, विज्ञापन लगायत सहज उपलब्धता जस्ता विविध कारणले सामसङले एसियामा आफ्नो प्रभुत्व जमाएको रिपोर्टमा उल्लेख छ ।


२१ फागुन २०७९, आइतवार ०९:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु