स्ववियु निर्वाचनका अनेरास्ववियु जिताउन बैतडी र दार्चुलाका विद्यार्थीलाई ऐन महरको अपिल
कैलाली । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता ऐन महरले स्ववियु निर्वाचनका अनेरास्ववियु जिताउन अपिल गरेका छन् ।
बैतडी र दार्चुलाका क्याम्पसमा पुगेर उनले आगामी निर्वाचनमा अनेरास्ववियुको पक्षमा मतदान गर्न अपिल गरेका हुन् । दार्चुलाको गोकुलेश्वर बहुमुखि क्याम्पस र बैतडीको सेटिगाउ बहुमुखि क्याम्पसमा पुगेर महरले अनेरास्ववियु बारे विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए ।
एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका महर एमालेले सुरु गरेको मिसन ग्रास रुटका लागि दार्चुला खटिएका छन् । अहिले महर लिपुलेक, लिम्पियाधुरा र कालापानीमा खटिएका छन् । मिसन ग्रास रुटसँगै उनले स्ववियु निर्वाचनका अनेरास्ववियु जिताउन पनि अपिल गरेका हुन् ।
१९ फागुन २०७९, शुक्रवार १४:४० बजे प्रकाशित































