punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

Chaupati
safha napa

भारतबाट पेट्रोल डिलेजलगायतका इन्धनको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन आईओसीले मूल्य घटाएर पठाएको हो।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्याङ्कन गर्दै मूल्य घटबढ गर्ने सम्झौता छ।

जसअनुसार आज १ तारिखमा नयाँ मूल्य भारतले पठाएको हो। नयाँ मूल्यअनुसार खाना पकाउने एलपी ग्यासबाहेक सबै इन्धनको मूल्य घटेर आएको छ।

नेपाल आगल निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा , डिजेल प्रतिलिटर पाँच रुपैया, मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा, हवाइ इन्धन पाँच रुपैयाँले घटेर आएको छ।


१७ फागुन २०७९, बुधवार १७:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु