punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको फर्निचर उद्योगमा आगलागी

Chaupati
safha napa

धनगढीको न्यू लक्ष्मी समिल तथा फर्निचर उद्योगमा आगलागी भएको छ। बुधबार धनगढी उपमहानगरपालिका ६ स्थित ढुङ्गे बजार बस्ने धर्मराज जोशीको फर्निचर उद्योगमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दका अनुसार सो उद्योगको छानोमा वेल्डिङ गर्ने क्रममा बिजुलीको झिल्का खरले छाएको छानोमा खसेर आगलागी भएको थियो।

आगलागीबाट उद्योगमा रहेका मेसिन, औजार, काठ, प्लाई, पलङ, मोटर र लुगा कपडा गरी करीब ३६ लाख बराबरको क्षति भएको, बताइएको छ।

आगलागीको खबरपछि धनगढी उपमहानगरपालिकाको दमकल, स्थानीय र नेपाल प्रहरीले आगो पुर्णरुपमा नियन्त्रणमा लिएको थियो।


१७ फागुन २०७९, बुधवार १७:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु