punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलम्पिक छनोटः नेपालले भियतनाम र अफगानिस्तानसँग मात्र खेल्ने

Chaupati
safha napa

सन् २०२४ मा फ्रान्समा हुने पेरिस ओलम्पिकको महिला फुटबलतर्फ नेपालले पहिलो चरणमा भियतनाम र अफगानिस्तानसँग मात्र खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले समूह नेपाल रहेको ‘सी’ को खेल नेपालमै हुने सुनिश्चित गर्दै नेपालले केवल भियतनाम र अफगानिस्तानसँग खेल्ने जनाएको हो ।

यस समूहमा नेपालसँगै भियतनाम, अफगानिस्तान र प्यालेस्टाइन रहे पनि प्यालेस्टाइनले भने छनोटबाट आफ्नो नाम फिर्ता लिएको छ ।

पहिलो चरणको छनोट अप्रिल ३ देखि ११ तारिखसम्म हुनेछ । समूह ‘सी’ विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछ । उत्तर कोरिया, अस्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया भने दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।


१४ फागुन २०७९, आइतवार १२:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु