कञ्चनपुरमा हायस दुर्घटना, चार जना घाइते
कञ्चनपुरको महेन्द्रनगरदेखि धनगढीतर्फ आउँदै गरेको हायस दुर्घटना भएको छ।
आज बिहान बा४ख २३०३ नम्बरको हायस शुक्लाफाँटा नगरपालिका ९ ११ कलुवापुर नजिकै दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
दुर्घटनामा परि चालक मदन ओड, हर्क धामी शंकरदत्त भट्ट र नन्दा भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव परीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
१४ फागुन २०७९, आइतवार ११:५८ बजे प्रकाशित































