punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने महासचिव डा।बेदुराम भुसालले बताए ।

उनका अनुसार, पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म गरेका भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने कार्यसूची छ । राष्ट्रपतिको निर्वाचनबारे निर्णय गरेर अगाडि बढ्ने पनि भुसालले बताए ।

अध्यक्ष नेपाललाई नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको छ । एमालेको प्रस्तावलाई चासोका साथ हेरिएको छ । तर एकीकृत समाजवादीले कुनै निर्णय लिएको छैन ।


१० फागुन २०७९, बुधवार ११:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु