राष्ट्रपति निर्वाचनको सरगर्मी सुरु, आज मतदाता नामावली सार्वजनिक हुँदै
राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दै छ। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आयोगले यसअघि नै जारी गरेको कार्यतालिकाअनुसार फागुन १० गतेआज मतदाताको नामावली सार्वजनिक गर्न लागेको हो।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन्। सातै प्रदेशका प्रदेश सभा सचिवालयले सदस्य ९मतदाता०हरुको सूची पठाइसकेका छन्।
राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ। यस्तै, उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ। राष्ट्रपति निर्वाचनका लागि उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको छ।
मतदान अधिकृतको कार्यालय संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा स्थापना भइसकेको छ। निर्वाचनका लागि संघीय संसद् भवन परिसरमा नै २ वटा मतदान केन्द्र हुनेछन्।
राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गतेका लागि उम्मेदवारहरुको मनोनयनको मिति निर्धारण गरिएको छ।
१० फागुन २०७९, बुधवार १०:५० बजे प्रकाशित






























