punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता

Chaupati
safha napa

प्रमुख दलका तीन शीर्ष नेताबीच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा एमाले अध्यक्षा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो ।

तीन नेताहरुबीच सीमालगायत अन्य राष्ट्रिय महत्वको विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले बताए । बैठकमा शीर्ष नेताहरू सहभागी भएपनि सत्ता साझेदारीका छलफल नहुने तिमिल्सेनाले दाबी गरे ।

‘सीमाको व्यवस्थापनसहित अन्य राष्ट्रिय महत्वको विषयमा छलफल गर्न बैठक बोलाएको छ । अन्य सरोकारवाला निकायहरुसहित सबै पार्टीका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ । राष्ट्रिय महत्वको विषय भएकाले सबैलाई बोलाएको हो’ तिमिल्सेनाले भने ।


२३ माघ २०७९, सोमवार १६:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु