punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारबाट बाहिरिने रास्वपाको निर्णय, समर्थन भने कायम रहने

Chaupati
safha napa

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गरी सरकारबाट फिर्ता हुने निर्णय गरेको हो ।

बैठकमा सरकारबाट फिर्ता हुनुपर्ने र बाहिरिनुपर्ने दुवै मत थियो । रास्वपा बाहिरिए पनि सरकार अल्पमतमा भने पर्ने छैन ।

नयाँ पार्टी गठनको ६ महिनामा (४ मंसिरमा) भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी २० सीट जितेको थियो ।

समग्रमा चौथो दल बनेको रास्वपा सरकारमा एमाले र माओवादीपछि तेस्रो ठूलो शक्तिका रूपमा थियो । हाल रास्वपाका १९ सांसद छन् ।

११ पुसमा लामिछाने उपप्रधानमन्त्री र गृहमन्त्री भएका थिए ।

पछि मन्त्रिपरिषद् विस्तारमा रास्वपाबाट शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्याल मन्त्री भएका थिए । डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी थिइन् ।

रास्वपाका इन्दिरा राना मगर उपसभामुख चयन भइसकेकी छिन् । रास्वापाका बाहिरिए पनि प्रधानमन्त्री प्रचण्डलाई बहुमत सांसदको समर्थन कायम छ ।


२२ माघ २०७९, आइतवार १६:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु