टीकापुर घटनाको सन्दर्भमा झगडिया झिकाउन सर्वोच्च अदालतले आदेश
कैलाली । टीकापुर घटनाको सन्दर्भमा झगडिया झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
आज न्यायाधीश द्वय टंक बहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले उच्च अदालतले गरेको फैसलामा खोट भएको हुन सक्ने भन्दै झगडिया झिकाउन आदेश दिएको हो ।
२०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिएका थिए ।
उक्त घटनामा रेशम चौधरी सहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । करिब त्यसको २वर्ष पनि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
उक्त फैसला विरुद्ध फागुन १२ गते रेशम पक्षमा कानुन व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदनमाथि आज आदेश दिएको हो ।
प्रत्यर्थी झिकाउने आदेशसँगै यस मुद्दामा अब पुनः बहस तथा सुनुवाइ हुने र मिसिलको अध्ययन सँगै प्रमाणको मूल्याङ्कन गर्ने काम हुनेछ ।
यस अघि ८ पटक सम्म साधारण तारिक र ६ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज आदेश जारी भएको हो ।
२२ माघ २०७९, आइतवार १९:०९ बजे प्रकाशित































