punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा मन्त्रिमण्डलले पूर्णता पाउन सकेन

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको दुई साता बितिसक्दा पनि अहिले सम्म मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । गत २८ पुसमा मुख्यमन्त्री रावलसँगै शपथ ग्रहण गरेका दुई जना बिना विभागीय मन्त्रीको मन्त्रालयसमेत अझै टुङ्गो लागेको छैन ।

सत्ता पक्षको बहुमतमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागिता र विश्वासको मतका लागि आफ्ना माग सुनुवाइको प्रक्रिया सुरु हुनुपर्ने सर्त राखेपछि मुख्यमन्त्री रावलले प्रदेश सभाबाट न विश्वासको मत न मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट र आफ्नो पार्टी नेकपा एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले मुख्यमन्त्रीले शपथ गरेसँगै विना विभागीय मन्त्रीमा शपथ लिएका थिए । तर, नागरिक उन्मुक्तिसँग सहमति हुन नसकेकाले मन्त्रीको मन्त्रालयसमेत तोकिएको छैन ।

नियुक्त मन्त्रीको जिम्मेवारी नतोकिँदा र मन्त्रिमण्डल विस्तार नहुँदा सबै मन्त्रालयको जिम्मेवारी अहिले मुख्यमन्त्रीसँगै छ । नागरिक उन्मुक्तिले टीकापुर घटनामा जेल जीवन बिताइरहेका पार्टीका संरक्षक रेमश चौधरीसहित अन्य छ जनालाई रिहाइ गर्नुपर्ने माग गर्दै आएको छ ।

 

मुख्यमन्त्रीमा दाबी पेस गर्दा तथा सभामुख र उपसभामुखको निर्वाचनमा सत्ता पक्षलाई समर्थन गरेको उसले विश्वासको मत दिनु पूर्व आफ्ना माग सुनुवाइको प्रक्रिया सुरु हुनुपर्ने सर्त राखेको छ । माग सम्बोधनको प्रक्रिया सुरु भए मात्र मुख्यमन्त्रीलाई विश्वासको मत दिने भनेर सत्ता पक्षलाई भनिएको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता रामेश्वर चौधरीले बताए ।

‘सरकार गठन र सभामुख, उपसभामुखको निर्वाचनमा हामीले काँध थापेका छौँ । अब हाम्रा मागमा केही गर्ने पालो सत्ता पक्षको हो,’ चौधरीले भने, ‘टीकापुर घटनाका बन्दीको रिहाइको कुनै न कुनै प्रक्रिया सुरु गरे विश्वासको मत दिन र सरकारमा जान हामी तयार छौँ । हाम्रा माग सुनुवाइ नभए हामी समर्थन गर्न सक्दैनौँ ।’

सरकारमा जानकै लागि समर्थन गरिएको भन्दै उनले त्यस पहिले माग पूरा हुने प्रक्रिया सुरु हुनुपर्ने बताए । सरकारलाई बहुमत पु¥याउन निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सत्ता पक्षको ठोस सहमति नहुँदा मुख्यमन्त्रीले विश्वासको मत लिन नसकेका हुन् ।

६ वटै प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिइसक्दा सुदूरपश्चिमका मुख्यमन्त्री रावल भने विश्वासको मत पाउने सुनिश्चितता खोज्न केही दिन काठमाडौँ बसेर बिहीबार फर्केका छन् । काठमाडौँ रहेकाले उनी गत साता प्रदेश सभाको स्थापना दिवसमा समेत सहभागी भएनन् । नागरिक उन्मुक्तिले विश्वासको मत दिने सुनिश्चितताका लागि मुख्यमन्त्री रावलले काठमाडौँमा नागरिक उन्मुक्तिसहित गठबन्धनका शीर्ष नेतासँग भेटघाट गरेका हुन् ।

उनले नागरिक उन्मुक्ति पार्टीका सांसद लिएर काठमाडौँमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलगायत नेताहरूसँग छलफल गरेका छन् । तर छलफल सकारात्मक भए पनि सरकारलाई विश्वासको मत दिनेबारे सहमति भइनसकेको नागरिक उन्मुक्तिले जनाएको छ ।


१३ माघ २०७९, शुक्रवार १८:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु