१५ किलो बढी चरेस सहित एकजना पक्राउ
कैलाली । अबैध लागू औषध चरेस सहित प्रहरीले कंचनपुरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ केदारस्युं गाउँपालीका ७ का ४० बर्षिय करन धामी रहेकाछन् । प्रहरीले धामीकासंगबाट १५ किलो ५२० ग्राम चरेस बरामद गरेको छ ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको क्षेत्रीय अनुसन्धान समुहका प्रहरी सहायक निरीक्षक मोहन रावलको कमाण्डमा खटिएको टोलीले धामीलाई शुक्रबार कंचनपुरको भीमदत्त नगरपालिका ३ बाट पक्राउ गरेको हो ।
धामीलाइ आवस्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय कन्चनपुरको जिम्मा लगाइएको सुदुरपश्चिम <span;>प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अशोक सिंहले बताए ।
बिहिवार प्रदेश प्रहरी कार्यालको कमान्ड सम्हालेका सिंहले मातहतका प्रहरीलाई इमानदारीताका साथ जनताको सेवामा लाग्न निर्देशन दिएका छन् ।
सिंहले आजै प्रदेशका नौ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई प्रदेश प्रहरी कार्यालय धनगढीमा भेला गराई इमान्दारीका साथ दत्तचित्तभै कुनै आर्थिक प्रलोभनमा नपरी सेवामा खटिन निर्देशन दिएका हुन् ।
७ माघ २०७९, शनिवार ००:१८ बजे प्रकाशित































