४४ जनाकाे मृत्यु भएपछि ‘सरी’ भन्दै युक्रेनका राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा
एजेन्सी स् युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेस्की अरेस्टोभिचले राजीनामा दिएका छन्।
राष्ट्रपतिका सल्लाहकार ओलेस्कीले एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएकोबारे जानकारी गराएका हुन्।
डिप्रो शहरमा रुसले प्रहार गरेको मिसाइललाई युक्रेनको डिफेन्स सिस्टमले प्रहार गर्दा उक्त मिसाइल एक आवसीय भवनमा खसेपछि उनले माफी माग्दै राजीनामा दिएका हुन्।
मिसाइल भवनमा खस्दा ४४ जनाको मृत्यु भएको छ। ओलेस्कीले विज्ञप्तिमार्फत आफूले ‘गल्ती’ गरेको भन्दै माफी मागेका छन्।
उनको विज्ञप्तिपछि युक्रेनका जनताले गहिरो असन्तुष्टि व्यक्त गरेका थिए।
४ माघ २०७९, बुधवार ०६:४५ बजे प्रकाशित































