धनगढीमा दीपेन्द्र स्वार स्मृति डीसीए कप क्रिकेट प्रतियोगिता माघ ५ गतेबाट हुने
धनगढी । धनगढी क्रिकेट एकेडेमी९डीसीए०को आयोजनामा दीपेन्द्र स्वार स्मृति स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ ५ गतेबाट उक्त प्रतियोगिता हुनेछ । प्रतियोगितामा २० वटा स्कुलहरूको सहभागिता रहेको छ ।
माघ १६ गतेसम्म चल्ने प्रतियोगिता टी–२० फम्र्याटमा हुनेछ । फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।
यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताए ।
त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन् ।
दीपेन्द्र स्वारको सम्झनामा क्रिकेट
डीसीएका पूर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।
‘मेरो छोराको पनि खेलप्रति ठूलो रुचि थियो । खेलले अनुशासनमा बस्न र स्वास्थ्य नागरिक उत्पादनमा सहयोग पुराउँछ,’ दीपेन्द्रकी आमाबासु बम स्वारले भनिन्, ।
एकेडेमीका व्यवस्थापक न्यौपानेले स्कुललेभल देखि नै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुगोस् भन्ने हेतुले स्कुल स्तरीय प्रतियोगिता आयोजना गरिएको बताए ।
‘स्कुलमै थुप्रै क्रिकेटप्रति रुचि भएका प्रतिभावान् खेलाडीहरू हुनुहुन्छ,’ न्यौपानेले भने, ‘उहाँहरूलाई उचित प्लेटफर्म दिन र उहाँहरूको प्रतिभा चिनि त्यसलाई तिखार्ने प्रतियोगिताको उद्देश्य हो ।’
डीसीएको स्कुल स्तरीय प्रतियोगिताबाट पहिचान भएका नारायण जोशी, वसन्त कार्कीलगायत खेलाडीहरू हाल राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् ।
३ माघ २०७९, मंगलवार २१:०० बजे प्रकाशित































