सुदूरपश्चिमको उपसभामुखको आज शपथ
कैलाली । सुदूरपश्चिम प्रदेशको उपसभामुख कोइली देवी चौधरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएकी छन् । हिजो निर्वाचित चौधरीले आज बिहान ११ गते शपथ ग्रहण गर्न लागेकी हुन् ।
आज बिहान ११ बजे सभामुख भीम भण्डारीले देवराज जोशीको उपस्थितमा उपसभामुख चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी भएको प्रदेश सभा सचिवालयले पनि जानकारी दिएको छ ।
शपथ ग्रहण प्रदेश प्रमुख कार्यालयमा हुने छ ।
४ माघ २०७९, बुधवार ०७:०२ बजे प्रकाशित































