punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा उपसभामुखको निर्वाचन सुरु

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेश सभा बैठक सुरु भएको छ । आजको बैठकमा उपसभामुखको निर्वाचन हुँदै छ । उपसभामुखमा एमालेकी कोइली देवी चौधरी र नेकपा एकीकृत समाजवादी माया पन्त निर्वाचनमा होमिँदै छिन् ।

चौधरीलाई एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको साथ छ भने पन्तलाई कांग्रेस नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक सांसदको साथ छ । ५३ जना प्रदेश सभा सदस्य रहको सुदूरपश्चिम प्रदेशमा उपसभामुख चयन हुन २७ मत आवश्यक पर्छ ।

यहाँ माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ मत छन् । यता कांग्रेस गठबन्धनमा कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद छन् ।
आजै बिहान माओवादीका भीम भण्डारी सभामुखमा चयन भएका थिए ।


३ माघ २०७९, मंगलवार १८:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु