सुदूरपश्चिममा उपसभामुख निर्वाचन :माया पन्तको पक्षमा २४ र विपक्षमा २८ मत
कैलाली । सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचनको जारी छ । अहिले माया पन्तको पक्षमा मतदान भएको छ। उनले पक्षमा मत र विपक्षमा मत पाएकी छन् ।
उपसभामुखमा एमालेकी कोइली देवी चौधरी र नेकपा एकीकृत समाजवादी माया पन्त निर्वाचनमा छन् ।
चौधरीलाई एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको साथ छ भने पन्तलाई कांग्रेस नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक सांसदको साथ छ । ५३ जना प्रदेश सभा सदस्य रहको सुदूरपश्चिम प्रदेशमा उपसभामुख चयन हुन २७ मत आवश्यक पर्छ ।
यहाँ माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ मत छन् । यता कांग्रेस गठबन्धनमा कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद छन् ।
आजै बिहान माओवादीका भीम भण्डारी सभामुखमा चयन भएका थिए ।
५२ जनाले मत दिए
३ माघ २०७९, मंगलवार १८:३८ बजे प्रकाशित































