punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमको उपसभामुखमा कोइली चौधरी र माया पन्त भिड्दै

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशको उपसभामुखको लागि सत्ता गठबन्धनबाट एमालेकी कोइलीदेवी चौधरी र कांग्रेस – नेकपा एस गठबन्धनबाट नेकपा एकीकृत समाजवादी माया पन्त चुनावी मैदानमा उत्रिने भएकी छन् ।

यस अघि नागरिक उन्मुक्ति पार्टीको भागमा परेको उपसभामुख नागरिक उन्मुक्तिले स्वीकार नगरेपछि एमालेले लिएको हो ।

आजै सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित भइसकेका छन् । आजै उपसभामुखको पनि निर्वाचन हुँदै छ ।

आजै ४ बजे सम्म मनोनयन दर्ता गरेर ६ बजे निर्वाचन गर्ने तयारी भइरहेको छ ।


३ माघ २०७९, मंगलवार १५:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु