punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले लिए शपथ (फोटो फिचर)

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई शपथ गराएका हुन्। भण्डारी मंगलबार बिहान १० बजे बसेको प्रदेश सभाको बैठकबाट भएको निर्वाचनमा विजयी भएका हुन्।

आज नै प्रदेश सभाको उपसभामुखका लागि निर्वाचन हुने तयारी छ। सत्ता साझेदारी दलले यहाँ उपसभामुख नागरिक उन्मुक्ति पार्टीको भागमा परेको छ। नागरिक उन्मुक्तिले भने आफ्नो माग पूरा नभएसम्म तत्काल सरकारमा सहभागी नहुने बताएको छ।


३ माघ २०७९, मंगलवार १३:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु