punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै बागमतीले नयाँ मुख्यमन्त्री पाउने

Chaupati
safha napa

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीका लागि बहुमतसहितको दाबी पेस गर्न आह्वान गरेका छन् । उनले पाँच दिनको समय दिएर मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार शर्माले २५ पुस अपराह्न ४ बजेभित्रै दाबी पेस गर्न समय दिएका छन् । बागमतीको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनमा सहमति जुटेको छैन । केन्द्रमा हुने सहमति अनुसार नै मुख्यमन्त्री कुन दलले पाउने टुंगो लाग्ने नेताहरूले बताउँदै आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले २६ पुसमा विश्वासको मत लिँदैछ।

321932146_1236253043906834_485500988810325419_n (1)1672897735.jpg

 


२१ पुस २०७९, बिहीवार १२:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु