निर्मला हत्या अनुसन्धान गर्न डिआइजी सिंहको टोली कञ्चनपुरमा, पक्राउ पर्लान् त दोषि ?
निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धान गर्न डिआइजी दुर्गा सिंहको नेतृत्वको टोली कञ्चनपुर पुगेको छ ।
पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोकी डिआइजी सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो।
लामो समय सम्म पनि घटनाका दोषि पक्राउ नपरेको भन्दै गृह मन्त्रीले घटनामा पुन चासो देखाएका हुन् । डिआइजी सिंहको नेतृत्वमा तयार गरिएको समितिले दोषि पक्राउ गर्ने गृह मन्त्री लामिछानेको विश्वास छ । यसै बिच समितिकी संयोजक सिंहले कञ्चनपुर पुगेर काम थालेकी हुन्। समितिमा सिआईबीमा कार्यरत एसपी कमल थापा, मनोचिकित्सक डाक्टर राजेश दत्त र इन्स्पेक्टर हिरेन्द्र रोकाया सदस्य छन्।
२०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखामकी निर्मलाको हत्या भएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत रहँदा वर्तमान एसएसपी गणेश चन्दले पनि कञ्चनपुरमा बसेर लामो अनुसन्धान गरेका थिए।
२० पुस २०७९, बुधवार २०:५४ बजे प्रकाशित































