punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रञ्जिता श्रेष्ठ भन्छिन्- सुदूरपश्चिम सरकारका विषयमा कुनै अडान छैन

Chaupati
safha napa

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार गठनका सन्दर्भमा आफूहरुको कुनै अडान नरहेको बताएको छ ।

नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको चर्चा भइरहेका बेला अध्यक्ष श्रेष्ठले यो दलहरुबीचको छलफलमा उठेको विषयमात्र भएको बताइन् ।

‘सत्ता साझोदार दलहरुका बीचमा केही सहमति भइसकेको छैन । छलफलका क्रममा ‘जे सहमति हुन्छ त्यही हुन्छ’ उनले भनिन्, ‘कतै हाम्रो छुट्टै अडान छैन ।’

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आह्वान गरिसकेका छन् । मुख्यमन्त्री नियुक्तिका लागि पुस २७ गते साँझ ५ बजेसम्मको समय दिइएको छ ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादीका ४ राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।

केन्द्रमा एमाले नेतृत्वको गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा भने अहिले सम्म कसलाई समर्थन गर्ने भन्ने बारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन । उनीहरुले मुख्यमन्त्री दाबी गरिरहेको बिषयमा भने केन्द्रीय अध्यक्ष श्रेष्ठले नै अहिले त्यस्तो छलफल नभएको बताएकी हुन् ।

 


२० पुस २०७९, बुधवार २१:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु