तोलामा १२ सयले घट्यो सुनको मूल्य
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन एकैदिन १ हजार २ सय रुपैयाँले घटेको हो।
जस अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन तोलामा १ लाख १ हजार ५ सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय तोकिएको छ।
यस्तै आज चाँदीको मूल्य पनि रु १५ ले घटेको छ। चाँदी आज प्रतितोला रु १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
८ पुस २०७९, शुक्रवार १२:२१ बजे प्रकाशित































