punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भूकम्पपीडितको त्रिपालमुनि बास, दिनचर्या कष्टकर

Chaupati
safha napa

लगातारको अत्यधिक चिसो र त्रिपालमुनिको बसाइले डोटीका भूकम्पपीडितको दिनचर्या कष्टकर बन्दै गएको छ। रातिको समयमा शीत पर्ने कारण पालभित्र पानी चुहिँदा बालबालिका, वृद्ध र गर्भवती महिलामा बढी समस्या हुने गरेको छ। डोटीको पूर्वीचौकी–३, गैरागाउँकी ६५ वर्षीया धौलीदेवी भुलले भने, ‘कतिबेला उज्यालो होला र घाम तापौँला भन्ने हुन्छ।’

नियमित औषधि खाइरहनुपर्ने र दमको समस्या भएकी भुलले भने,‘पालबाट शीत चुहिएर रातभर चिसोले सुत्न नै सकिँदैन, आगो तापेर रात काट्नुपर्छ। अब हिउँ पर्दा बाँचिने हो कि मरिने हो थाहा छैन।’ खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बिन्दु भएर कात्तिक २३ गते बिहान गएको भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा छ जनाको ज्यान गएको थियो। भूकम्पका कारण पाँच जना घाइते भएका थिए। भूकम्पले गैरागाउँमा १८ घरमा पूर्ण क्षति हुनुका साथै खप्तडसँग जोडिएका डोटीका सायल र पूर्वीचौकी गाउँपालिकामा छ हजार घर चर्किएको गाउँपालिकाको तथ्याङ्कमा छ।

चिसोका कारण पालमुनि बस्न नसक्नेहरू चर्किएकै घरमा जोखिम मोलेर बस्न थालेका छन्। डोटीकै सायल गाउँपालिका–४, पातल गाउँका स्थानीय नर भण्डारीले भने, ‘चर्किएको घर भत्किने अवस्थामा छ। चिसोका कारण पालमुनि बस्न नसकेपछि आजभोलि घरभित्रै बस्न थालेको छु। बाहिर बस्दा चिसोले मर्नुपर्ने घरभित्र घर भत्किने डर छ।’

डोटीको पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले भूकम्प प्रभावितका समस्यालाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताए। अध्यक्ष उपाध्यायले भने, ‘चिसो बढेसँगै हिउँ पर्ने सम्भावना पनि छ। विभिन्न निकायमा सहयोगका लागि पहल भइरहेको छ। पूर्णरूपमा घर क्षति भएका स्थानमा पुसभित्र नै अस्थायी टहरा भए पनि निर्माण गर्ने योजना गाउँपालिकाको छ।’


८ पुस २०७९, शुक्रवार ११:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु