punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गगनले पाएनन् आफ्नै समूहको मत

Chaupati
safha napa

कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगन थापाले आफ्नै समूहको पनि मत पाएनन् । उनले २५ मत मात्र ल्याए । जबकि १४ महाधिवेशनमा शेखर कोइराला पक्षमा खुलेका कम्तीमा ३२ सांसद अहिले निर्वाचित भएका थिए । अहिले तिनै सांसदमध्ये केहीले कित्ता परिवर्तन गरेका छन् ।

थापाका लागि सहयोग गर्न विश्वप्रकाश शर्मा र प्रदीप पौडेल पनि आएका थिए । यस हिसाबले हेर्दा थापाको मत बढ्नुपर्ने थियो । तर कोइराला समूहभित्रैको छद्म असन्तुष्टि र सत्ताको प्रभाव समेतले गर्दा गगनले आफ्नै समूह र त्यसमा जोडिन आइपुगेका सबैको मत पाएनन् ।

गत महाधिवेशनको समिकरण अनुसार कोइराला र थापा समूहमा अहिले शेखर कोइराला, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, योगेश गौचन थकाली, रामनाथ अधिकारी, सञ्जयकुमार गौतम, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, तेजुलाल चौधरी, राजु थापा, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुरेन्द्रराज आचार्य, दीपक गिरी, सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापामगर, मैना रावल सांसद बनेका थिए ।

यीमध्ये केही देउवा पक्षमा गएका छन् । गोप्य मतदान भएकाले कसले देउवालाई सघाए खुलेको छैन


६ पुस २०७९, बुधवार ११:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु