punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जो पराजय पछि पनि मतदातालाई धन्यवाद दिन हिँडे

Chaupati
safha napa
प्रतिनिधि सभामा पहिलो पटक उम्मेदवार बनेका एमालेका युवा नेता ऐन महरलाई निर्वाचन भन्दा अघि मात्रै होइन पछि पनि भ्याइ नभ्याई थियो ।
एउटा मात्रै क्षेत्र रहेको बझाङमा महर नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार भएका थिए । उनको प्रतिस्पर्धा एमालेकै पुराना नेता भानुभक्त जोशीसँग थियो । जोशी २०५१ र २०६४ मा एमालेबाट विजयी भएर वन मन्त्री समेत भइसकेका थिए ।
एमालेबाट नेकपा एकीकृत समाजवादीमा जोशी जाँदा बझाङमा एमालेलाई ठुलो क्षति भएको विश्लेषण गरिएको थियो । स्थानीय तहमा पनि त्यसको संकेत देखियो । २०७४ मा ८ स्थानीय तह जितेको एमाले यस पटक ३ मा सीमित भयो ।
त्यस लगत्तै प्रतिनिधि सभा निर्वाचनमा जोशी विरुद्ध एमालेका युवा नेता महर मैदानमा उत्रिए । एमालेमा बलियो पृष्ठभूमि, कांग्रेस र माओवादीको साथले जोशी ढुक्क थिए । जोशी विरुद्ध डेब्यू गर्दै गरेका महर पनि आक्राक चुनावी अभियानमा थिए ।
अन्ततः ः१ हजार १ मातले जोशीसँग महर पराजित भए । यो मतान्तर सुदूरपश्चिममा प्रतिनिधि सभा तर्फ सबै भन्दा कम हो ।
महर आफू पराजित भएपनि चुनावी अभियान कै शैलीमा धन्यवाद अभियानलाई निरन्तरता दिन थाले । अन्तिम परिणाम कै तीन दिन पछि अर्थात् १२ गतेबाट आफू मत माग्न पुगेका सबै क्षेत्रमा पुन धन्यवाद दिन पुगे ।
No description available.
‘जितेका धन्यवाद दिन आउनु भएन । तपाइ हारेर पनि आउनु भयो । तपाइलाई पनि धन्यवाद’ बुंगलका स्थानीय रामबहादुर बोहराले भन्दा महर अझै उत्साहित भए ।
बोहराले जस्तै खप्तड छान्नाका सुरज खड्काले पनि महरलाई आफ्नो टोलमा पराजित भएपछि पुनः देखेर थप हौसला दिए । ‘मत जित्न नसके पनि मन जित्नु भएको छ’ खड्काले भने ‘फेरी पनि आउँदै गर्नुहोला ।’
No description available.
१४ दिन सम्म महर यहाँका ११ पालिका पुगे । ‘मौसम प्रतिकुल हुँदा सैपाल जान सकिएन त्यो बाहेक हामी सबै पालिका पुग्यौ’ महरले भने ‘उहाँहरूको आत्मीयता देखेर मैले चुनाव नजिते पनि उहाँहरूको विश्वास जितेको रहिछु भन्ने लागेको छ ।’
बझाङमा ९४ वडा छन् । ती मध्ये अधिकांश वडामा धन्यवाद अभियान गरिएको उनले बताए।
महरसँग प्रदेश सभा १ मा पराजित भएका अफिलाल ओखेडा पनि निरन्तर धन्यवाद अभियानमा हिँडिरहे । एमालेबाट उम्मेदवार भएका ओखेडा सत्ता गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका पृथ्वी बहादुर सिंहसँग पराजित भएका थिए ।
No description available.
प्रदेश सभा २ मा एमालेका एलबी रावल सत्ता गठबन्धनबाट उम्मेदवार भएका भीम भण्डारीसँग पराजित भएका थिए । उनी पनि आफ्नो क्षेत्रमा पराजित पछि धन्यवाद दिँदै हिँडे ।
प्रतिनिधि सभामा पराजित भएका महरसँगै प्रदेश सभामा पराजित भएका दुबै उम्मेदवार, एमाले जिल्ला अध्यक्ष दमन भण्डारी , जिल्ला सदस्य नैन बोहरा, पूर्व मेयर बेरेन्द्र खड्का  लगाएतका नेताहरू निरन्तर पराजित पछि मतदातालाई धन्यवाद दिन हिँडिरहे ।
महर निर्वाचनमा होमिदा पनि निकै बिकट क्षेत्र सम्म पुगेका थिए । बुंगल नगरपालिका १ दलबगरमा पुग्दा उनलाई विकास माग्ने भन्दा धेरै फेरी आउन आग्रह गर्नेहरु थिए ।
No description available.
स्थानीय २०४८ पछि यहाँ निकै कम नेता आउने गरेको गुनासो महरलाई गरे । ‘उम्मेदवार बन्दा मत माग्न पनि कोही आउँदैनन् । जितेपछि वा हारेपछि आउने त कुरै भएन’ स्थानीयको भनाइ उद्धृत गर्दै महरले भने ‘मलाई त्यहाँ यो भएन त्यो भएन भन्नेहरू भन्दा पनि धेरैले फेरी आउनु होला भनेका थिए ।’
स्थानीयका अनुसार २०४८ पछि त्यो क्षेत्रमा पुग्ने तेस्रो नेता महर हुन् ।
पराजित पछि दुई साता धन्यवाद दिन हिँडेका महर अब निरन्तर आफ्नै क्षेत्रमा रहेर विकास र समृद्धिका योजनाहरू अघि बढाउने योजना रहेको बताउँछन् ।
‘जितेर पनि गाउँ घर नफिर्किने गरेको आरोप लागिरहेका बेला हामी हारेर घर दैलो सकेका छौँ’ उनले भने ‘अब पाँच वर्ष उहाँहरूले दिनुभएको सुझाव कार्यान्वयन गर्न लाग्छु ।’
No description available.

४ पुस २०७९, सोमवार ०६:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु