punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सबै दलको विभेदमा सुदूरपश्चिम :११० समानुपातिक लिस्टमा ५ जना मात्रै !

Chaupati
safha napa
समानुपातिक तर्फ सुदूरपश्चिम प्रदेशले ५ जना सांसद पाउने भएको छ । ती ५ जना मध्ये कांग्रेसले ३ जना सांसद बनाउँदा एमाले र माओवादी केन्द्रले १ -१ जनालाई सांसद बनाएका छन् ।
काङ्ग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा र ईश्वरी न्यौपानेले समानुपातिक तर्फबाट सांसद बन्ने अवसर पाइन ।
देउवा डडेल्धुरा र न्यौपाने कैलालीबाट सिफारिस भएका थिए । बाजुराका महासनाइ नेपालीलाई पनि कांग्रेसले समानुपातिक तर्फबाट समेटेको छ
माओवादी केन्द्रले कैलालीकै रुपा चौधरीलाई समानुपातिकमा समेट्दा एमालेले दयाल बहादुर शाहीलाई समेट्यो । माओवादीकी चौधरी कैलाली र एमालेका शाही बाजुराका हुन् ।
राष्ट्रिय दल बनेका सात पार्टी मध्ये सुदूरपश्चिमबाट समानुपातिक माध्यमबाट तीन पार्टीका ५ जना मात्रै सांसद भए ।
मुलुकभर  सत्तारुढ दल नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, जनता समाजवादी पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनमत पार्टीले ५ जना समानुपातिक सांसद पाएको थियो।

२५ मंसिर २०७९, आइतवार १५:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु