punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली ४ मा तीन घण्टा देखि रोकिएको मतगणना सुरु

Chaupati
safha napa
कैलाली । मत पेटिकामा अर्धकट्टी सहितको मत पत्र पत्र भेटिएपछि कैलाली ४ मा रोकिएको मत गणना पुन सुरु भएको छ । दुबै पक्षको सहमति पछि मत गणना सुरु गरिएको हो ।
कैलाली  ४ मा गठबन्धनका उम्मेदवार काँग्रेस नेता वीर बहादुर बलायरले २ हजार २७० ले अग्रता लिएका छन् । अहिले सम्म ४६ हजार ३१७ मत को गणना सकिएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार भट्टले १६ हजार ९०२  मत प्राप्त गरेका छन् भने बलायरले १९ हजार १७२ मत पाएका छन् ।
अहिलेसम्म क्षेत्र नम्बर ४ मा रहेका २९ वडा मध्य २३ वडा को मत गणना सकिएको छ । अब १७ हजार ८४१ मत गणना हुन बाँकी रहेको छ । यो क्षेत्रमा ६४ हजार १५८ मत खसेको थियो ।

७ मंसिर २०७९, बुधवार १६:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु