punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेशमको शाख जोगाउलिन त रन्जीताले ?

Chaupati
safha napa

कैलाली क्षेत्र नम्बर १ मा अहिले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी र नेकपा एमालेबाट टीकापुर नगरपालिकाका पूर्व मेयर तपेन्द्र रावल चुनावी मैदानमा छन् ।
देशै भरी सत्ता गठबन्धन र एमालेका उम्मेदवार बिच चर्चा भइरहेका बेला यहाँ त्यो बाहेक नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारको पनि निकै चर्चामा छ । यस पार्टीबाट यहाँ रन्जिता श्रेष्ठ चौधरी उम्मेदवार छिन् । उनी यस पार्टीका अध्यक्ष तथा रेशम चौधरीकी श्रीमति हुन् ।
पाँच वर्ष पहिले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई रेशम चौधरीले झन्डै २१ हजारको फराकिलो मतान्तरले हराएका थिए ।

चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मतमात्र पाइन् । कांग्रेसकी ईश्वरी न्यौपाने तेस्रो स्थानमा रहिन् । उनको मत ११ हजार २०३ छ ।
२१ हजारको फराकिलो मतान्तरले हराएको क्षेत्रमा उनकै श्रीमति अहिले उम्मेदवार छिन् । उनलाई रेशम चौधरीकोे विरासत कायम राख्न ठुलो चुनौती छ ।

प्रतिनिधिसभा निर्वाचनमा भारी मतले विजयी भएर पनि जनप्रतिनिधि बन्न नपाएका चौधरीको क्षेत्रमा अहिले पनि उनका उम्मेदवारलाई अन्य पार्टीले टक्कर दिनसक्ने अवस्था छैन ।
वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मत परिणामले पनि नागरिक उन्मुक्ति पार्टी अझै हौसिएको छ । कैलालीका १३ स्थानीय तहमध्ये ४ वटा पालिका प्रमुख र तीन वटा पालिका उपप्रमुखमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका थिए ।

नागरिक उन्मुक्ति पार्टीले जितेका सबैजसो पालिका रेशम चौधरीको निर्वाचन क्षेत्रमा पर्दछन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पर्ने टीकापुर, जोशीपुर, जानकी र भाजनी (केही क्षेत्र) को प्रमुखमा नागरिक उन्मुक्तिले बाजी मारेको हो । टीकापुरबाहेकका अन्य तीन पालिका उपप्रमुख पनि नागरिक उन्मुक्तिले जितेको छ ।
२०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा यहाँ सबैभन्दा बलियो नागरिक उन्मुक्ति नै रहेको छ ।
नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले १७ हजार १९३ मत पाउँदा कांग्रेस उम्मेदवारले ११ हजार ६७८ मत पाएका थिए । एमाले उम्मेदवारले १० हजार ३२२ मत पाउँदा माओवादीले ६ हजार ९३० मत पाएको देखिएको छ ।
त्यस्तै राप्रपाले ३ हजार ५६१ मत, जसपाले २ हजार ३०२ र नेकपा एकीकृत समाजवादीले २ हजार २३२ मत हो । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव मदनकुमारी शाह गरिमा पनि यसै क्षेत्रकी हुन् । तर, यहाँ नेकपा एकीकृत समाजवादी कमजोर छ ।

यस्तो छ दलहरुको दाबी
२०७४ सालको मत परिणाम र वैशाख ३० गतेको परिणामले यहाँ सबै मिल्दा पनि नागरिक उन्मुक्ति बलियो रहेको त्यसका प्रवक्ता दामोदर पण्डित बताउँछन् । अघिल्लो पटक जस्तै यस पटक पनि सजिलै उन्मुक्तिले जित्ने उनको दाबी छ ।
‘हामी जित्छौँ सजिलै । ०७२ सालमा बिचमै छाडेर हिड्नु भएका मन्त्री ज्यूलाई सबैले चिनेका छन् ।, पहिचान विरोधीहरुलाई पहिचानबादीले भोट हाल्दैनन उनले भने, ‘अघिल्लो पटक रेशम एक्लै होमिनु भएको थियो । अहिले त सिंघो पार्टी छ । सजिलै जित्छौँ ।’
नागरिक उन्मुक्तिले आफ्नो जित दाबी गरिरहेका बेला सत्ता गठबन्धनको तर्फबाट उम्मेदबार भएका कांग्रेसका पूर्व मन्त्री रामजनम चौधरीले आफू जित्नेमा आसाबादी छन् ।
‘निर्वाचन जित्छौँ । रामजनम पहिला पनि मन्त्री भएका कारण उहाँको पल्ला भारी छ’ कांग्रेस कैलाली सचिव नृप सुनारले भने, ‘टीकापुर घटनालाई कानुनी रुपमा राजनैतक मुद्धा बनाउने कुरा निर्णय भएको छ । त्यस कारणले चुनाव जित्छौँ भन्नेमा छौँ ।’
कांग्रेसले पुरै वडा सम्मका कमिटिहरु सक्रिय बनाएको बताउँदै चौधरीको जित सुनिश्चित भएको उनले दाबी गरे ।

यता एमालेका उम्मेदवार पूर्व मेयर तपेन्द्र रावलको पनि आफ्नो जित्ने दाबी छ । जातिय मत बिभाजित भएर आफूले त्यसमा क्षेत्रीय मत पाउने र जित्ने उनको रणनीति छ ।

‘हामी जित्छौँ । नेकपा एमालेले निर्वाचन जित्दै छ एमाले कैलालीका उपसचिव लोकेन्द्र शाही भन्छन्, रन्जिता श्रेष्ठ र रामजनम चौधरीको मत बिभाजन हुँदा हाम्रो उम्मेदवार तपेन्द्र रावल चुनाव जित्दै हुनुहुन्छ ।,’


२९ कात्तिक २०७९, मंगलवार १२:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु