punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाघको आक्रमणबाट तीन जना घाइते

Chaupati
safha napa

स्याङ्जाको वालिङ नगरपालिका वडा १४ कफ्लेटीमा आज बिहान बाघले आक्रमण गर्दा तीन जना घाइते भएका छन् ।

बाघको आक्रमणबाट ६४ वर्षीय कृष्णलाल न्यौपाने, ६८ वर्षीया तुलसी पराजुली र २४ वर्षीया लक्ष्मी पराजुली घाइते भएका हुन् । खेतमा काम गरिहेका कृष्णलाललाई आक्रमण गरेपछि नजिकै पुगेका तुलसी र लक्ष्मीलाई पनि बाघले झम्टिएको हो ।

घाइते तीन जनालाई वालिङमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको छ । उनीहरु सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बाघलाई अहिले चण्डीप्रसाद पराजुलीको घरभित्र एउटा कोठामा थुनेर राखिएको स्थानीयले बताएका छन् ।

बाघलाई नियन्त्रणमा लिन प्रहरीसहित वन कार्यालयको टोली घटनास्थल पुगेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।


२५ कात्तिक २०७९, शुक्रवार १२:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु