punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओली पोखरा जाँदै, गण्डकीका तीन जिल्लामा सम्बोधन गर्ने

Chaupati
safha napa

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चुनावी आमसभाका लागि आज गण्डकी जाँदैछन् ।

कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने सभालाई उनले सम्बोधन गर्ने सचिवालयले जनाएको छ । बिहान पोखरा र त्यसपछि बाग्लुङ र स्याङ्जाको चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् ।

आसन्न मंसिर ४ को निर्वाचनको लागि आयोगले निर्धारण गरेको प्रचारप्रसारको समयमावधिमा दल तथा उम्मेदवारले दौडधुप बढाएका छन् ।

एमालेले कात्तिक १८ देखि सुदूरपश्चिमको दार्चुलाबाट देशव्यापी प्रचार अभियान थालेको थियो ।


२१ कात्तिक २०७९, सोमवार ०९:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु