punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तालमा खस्यो विमान, १९ जनाको मृत्यु

Chaupati
safha napa

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरिया तालमामा विमान दुर्घटना भएको छ।

दार ए सलामबाटबाट उडेको विमान लेकसाइड सहर बुकोबामा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएर तालमा खसेको थियो विमानमा ४३ जना यात्रु रहेको जनाइएको छ।

उद्धारकर्ता र माझीहरूले विमानभित्र फसिरहेकाहरूलाई बाहिर निकालेका छन्। विमान दुर्घटना भएपछि एकजना उडान परिचरले पछाडिको ढोका खोलेपछि यात्रु बच्न सफल भएको उनीहरूले बताएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।

दुर्घटनाग्रस्त विमान प्रिसिजन एअर तान्जानियाको प्रमुख निजी वायुसेवा हो।


२१ कात्तिक २०७९, सोमवार ०८:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु