punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु

Chaupati
safha napa

कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका –६ को नवलपुरस्थित भित्रि सडकखण्डमा दुर्घटना हुँदा एकजनाको प्रहरीले जनाएको छ ।

ना २ ख १३८१ नम्बरको ट्रकले बा ८६ प ३४८७ को मोटरसाइकललाई ठक्कर दिदा चालकको भजनी नगरपालिका–६ बस्ने २१ वर्षीय अविशेक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

यस्तै मोटरसाइकल पछाडि सवार बर्ष २१ का धिरेन्द्र चौधरी समान्य घाइते भएका छन् । ट्रक र चालक धनगढी ८ घर भएका ३४ बर्षीय सनम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।


२१ कात्तिक २०७९, सोमवार ०८:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु