आगोमा जलेर पाँच महिने शिशुको मृत्यु
बाजुराको बुढिन्नदा नगरपालिका–९ अगाउँपानीमा पाँच महिनाको शिशुको आगोले जलेर मृत्यु भएको छ । आज बिहान ८ः३० बजे ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परि शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
चुलोको नजिकै सुताइ राखेको शिशुको जलेर मृत्यु भएको हो । यस घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी प्रमुख सूर्य थापाले बताएका छन् ।
आज बिहान सदुमरकाम मार्तडीको एक घरमा आगलागी भएको छ । बडीमालिका नगरपालिका–८ स्थित वीर बहादुर थापाको घरमा आगलागी भएको हो । स्थानीय शुशीला थापाको अनुसार बिजुलीको तार सट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।
२० कात्तिक २०७९, आइतवार १५:५५ बजे प्रकाशित































