त्रिशूलीमा बस खस्दा १९ जना यात्रु घाइते
काठमाडौंबाट रूकुमकोटतर्फ जाँदै गरेको बस शनिबार साँझ त्रिशूलीमा खस्दा १९ यात्रु घाइते भएका छन्।
बा ४ ख ५७९० नम्बरको बस त्रिशुलीमा खस्दा धेरै यात्रु घाइते भए पनि हताहती भने भएको छैन। शनिबार साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गबाट बस खसेर त्रिशूली किनारमा पुगेको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीका अनुसार सडकबाट खसेको बस त्रिशूली किनारमा पुगे पनि पानीमा डुबेको छैन।
१९ कात्तिक २०७९, शनिवार २२:३७ बजे प्रकाशित































