ओली महेन्द्रनगरमा झुटको खेती गरेर फर्किए : रमेश लेखक
नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगरमा झुटको खेती गरेर फर्किएको बताएका छन् ।
शुक्रबार महेन्द्रनगरमा नेकपा एमालेद्वारा आयोजित चुनावी सभामा ओलीले महाकाली नदीमा निर्माण भएको पुल आफूले बनाएको दाबी गर्दै भाषण गरेका थिए । अध्यक्ष ओली जस्तो मुलुकको ठुलो नेताले झुट बोलेको भन्दै शनिबार चुनावी घरदैलोमा रहेका क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता लेखकले ओलीले पुल बनाए भन्दा आफू खुसी भएको भन्दै व्यङ्ग्य गरे ।
‘ माओवादीका साथीहरूले बरु हामीले पुल बनायौँ भन्दा त्यो बेला प्रधानमन्त्री प्रचण्ड थिए, त्यो सत्य कुरा हो ।” उनले भने–“ एमालेको मन्त्रीसम्म नभएका बेला ओलीले कहाँबाट पुल बनाए ।” भीमदत्त नगरपालिका–१५ मा घरदैलोका क्रममा नेता लेखकले आफू भौतिक पूर्वाधार मन्त्री हुँदा साढे चार अर्ब बजेट ल्याएर बनाएको पुललाई ओलीले श्रेय लिन खोजेर झुटको खेती गरेको आरोप लगाए ।
यति ठुलो नेताले झुट बोल्दा आफूले यहाँ पुल निर्माण गरेर ठुलै काम गरेको रहेछु भन्ने चित्त बुझाइले खुसी भएको लेखको भनाई छ ।
१९ कात्तिक २०७९, शनिवार २२:३२ बजे प्रकाशित













