प्रदेश कमिटी सदस्यसहित ७६ जनाले त्यागे एमाले
बारा ३ मा पार्टीले उठाएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
एमाले परित्याग गर्नेमा मधेस प्रदेश कमिटी सदस्यहरु श्रीकाजी मोक्तान, उमेश कुशवाह, कलामुद्दीन अन्सारी, प्रदीप साह तथा पूर्व सदस्य देवराज घिमिरे रमणलगायतका ७६ जना छन् ।
उनीहरुले बारा ३ बाट प्रतिनिधि सभामा ज्वालाकुमारी साह र प्रदेश सभातर्फ बारा ३ को २ मा महम्मद समिरलाई उम्मेदवार बनाएकोमा असन्तुष्टि जनाएर एमाले परित्याग गरेका हुन् । साह र समिर दुवै जना नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका थिए ।
१५ कात्तिक २०७९, मंगलवार १७:४२ बजे प्रकाशित































