punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छठ हेर्न आएका १४ वर्षीय बालकको छुरा प्रहार गरी हत्या

Chaupati
safha napa

मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको छुरा प्रहारबाट हत्या भएको छ। छठको रमझम हेर्न आइतबार राती उर्लाबारी-७ स्थित मावा खोला पुगेका दियुष श्रेष्ठको हत्या भएको हो। छुरा प्रहारबाट ज्यान गुमाएका बालक दियुष झापाको दमक निवासी हुन। दमक-१० का धनबहादुर श्रेष्ठका छोरा उनी छठ हेर्न मावा आएको र त्यही बेला छुरा प्रहार भएको प्रहरीले जनाएको छ। मावा खोला झापा र मोरङको सीमा छुट्याउने खोला हो।

उनीमाथि कसले छुरा प्रहार गर्‍यो खुलेको छैन। तर, शंकास्पद समूह पहिचान भएको प्रहरी भनाइ छ। उनीमाथि राति १०स्२५ बजेतिर छुरा प्रहार भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।

छुरा प्रहारबाट घाइते भएका बालकलाई अस्पताल पुर्‍याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको थियो। झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४स्५० बजेतिर उनको मृत्यु भएको कोइरालाले जानकारी दिए। छुरा प्रहारबाट दियुषको बायाँ कोखादेखि तलको भागमा चोट लागेको थियो।


१४ कात्तिक २०७९, सोमवार १२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु