punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार थापा र घिमिरेलाई

Chaupati
safha napa

यो वर्षको मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार देखापढी अनलाइनमा कार्यरत रोजिना थापा र नयाँ पत्रिकामा कार्यरत शिवहरि घिमिरेलाई प्रदान गरिएको छ। प्रेस सेन्टर नेपाल ललितपुर शाखाले शनिबार एक कार्यक्रमकाविच प्रेस सेन्टरका इन्चार्जसमेत रहेका नेकपा (माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य महेश्वर दाहाल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

दुवै जनलाई पाँच हजार एक सय रुपैयाँका दरले पुरस्कार र सम्मानपत्र वितरण गरिएको छनौट समितिका सदस्य–सचिवसमेत रहेका प्रेस सेन्टर ललितपुर शाखाका अध्यक्ष रामहरी कार्कीले जानकारी दिए ।

द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको नाममा हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । यो वर्षदेखि ५१ हजारको अक्षयकोष निर्माणका लागि बेपत्ता पत्रकार नेपालीकी श्रीमती सविता बस्नेतले शनिबार ४१ हजार रकम हस्तान्तरण गरेकी छन् ।


५ कात्तिक २०७९, शनिवार २२:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु