punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माधव नेपाललाई निर्वाचन कसूरमा कारबाही गर्न प्रहरीलाई पत्र

Chaupati
safha napa

निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभावित पार्नेसम्बन्धी कसुरमा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपालले आइतबार एक चुनावी कार्यक्रममा आफूले चुनाव जिते फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएका थिए ।

निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐन–२०७३ को दफा २० ९१० (च) मा कुनै उम्मेदवार वा प्रतिनिधिले कुनै लोभलालच वा आर्थिक प्रलोभन देखाउन नपाउने व्यवस्था छ । यसो गरेमा एक लाखसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुबै सजाय हुने ऐनमा व्यवस्था छ । यसको आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया नेपाल प्रहरीले गर्ने भएकाले आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई पत्र लेखेको छ ।

पत्रमा भनिएको छ, ‘श्री माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनि सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकाले सो सम्बन्धमा निर्वाचन (कसुर तथा सजाय ऐन) २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अनुरोध छ ।’

आयोगले निर्वाचन आचार संहिताको उल्लंघनमा किन कारवाही नगर्ने भनी नेपाललाई स्पष्टीकरण पनि सोधेको छ । उनले पत्र पाएको २४ घण्टाभित्र निर्वाचन आयोगमा वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्नुपर्नेछ । आयोगले उम्मेदवारको साटो प्रतिनिधि गएर स्पष्टीकरण बुझाए पनि हुने सुविधा दिएको छ ।

हेर्नुहोस् पत्र


३ कात्तिक २०७९, बिहीवार १५:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु