punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जीप दुर्घटना हुँदा ६ घाइते

Chaupati
safha napa

बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १३७९ नम्बरको जीप बिहीबार बिहान ११ बजेतिर लेट्ठेकोटमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर जीप चालक बैतडीको डिलाशैनी गापा-७ बस्ने २२ वर्षीय महेशराज जोशी, सोही गापाका ७० वर्षीय नारायणदत्त जोशी, ५४ वर्षीय हर्कबहादुर बोहरा, कञ्चनपुरको कृष्णपुर नपा- ४ बाणीका ३५ वर्षीया अम्बिका जोशी, सोही ठाउँका ३८ वर्षीय मदनराज जोशी र ६ वर्षीय कपिलराज जोशी रहेका छन्।

जिप सडकबाट १०० मिटर तल खसेको छ। घाइतेलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पुर्‍याइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। दुर्घटनाका कारण खुल्न सकेको छैन।


३ कात्तिक २०७९, बिहीवार १४:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु