मलामी गएका अछामका एक पुरुषको खोलामा डुबेर मृत्यु
अछाममा मलामी गएका एक पुरुषको खोलामा डुबेर मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–४ बस्ने ५५ वर्षीय नन्द सिंह धामीको कैलाश खोलामा डुबेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।
आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा खोलाले बगाउदा डुबेर उनको मृत्यु भएको प्रहरीले जनएको छ ।
२७ असोज २०७९, बिहीवार २२:१७ बजे प्रकाशित































