punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपति भण्डारीले विजया दशमीका दिन टीका लगाइदिने, यस्तो छ तालिका

Chaupati
safha napa

राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैं २०७९ को अवसरमा असोज १९ गते विजया दशमीका दिन टीका लगाइदिने भएकी छन् ।राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा इच्छुक उच्च पदस्थ पदाधिकारीहरु, मन्त्रीहरु, प्रदेश प्रमुखहरु, पूर्वसांसदहरु, संवैधानिक निकायका प्रमुखहरुलगायत विशिष्ट व्यक्तिहरुका लागि त्यस दिन दिउँसो २ देखि ३ बजेसम्म राष्ट्रपति भण्डारीले टीका लगाउने कार्यक्रम रहेको उल्लेख छ ।

त्यस्तै, राष्ट्रपतिबाट टीका ग्रहण गर्न इच्छुक सर्वसाधारणले भने अपरान्ह ३ बजेदेखि ५ बजेसम्म शीतल निवासमा उपस्थिति जनाउन सक्ने प्रवक्ता आचार्यले जनाएका छन् । टीका ग्रहणका लागि मर्यादित पोशाक लगाएर १ नम्बर प्रवेशद्वारबाट प्रवेश गर्नुपर्नेछ ।

 


१३ असोज २०७९, बिहीवार १७:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु