punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा ‘निसर्ग हस्पिटल मिडिया कप फुटसल’ सुरु, लिगचरणका खेल सम्पन्न

Chaupati
safha napa

कैलालीको धनगढीमा आजदेखि निसर्ग हस्पिटल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको छ। खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा दोस्रो संस्करणको मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको पहिलो दिन आज लिग चरणका खेल सम्पन्न भएका छन्।

६ टिमलाई दुई समूहमा विभाजन गरेर लिच चरणका खेल खेलाइएकोमा सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ। समूह क बाट आयोजक खेलकुद पत्रकार मञ्च समूह विजेता र अत्तरिया पत्रकार समूह उपविजेता भएर सेमिफाइनलमा पुगेका छन्।

यस्तै समूह बी बाट चडेपानी ब्वाइज समूह विजेता र पत्रकार महासंघ कैलाली समूह उपविजेता भएर अन्ति चारमा पुगेका छन्। आज भएको पहिलो खेलमा खेलकुद पत्रकार मञ्च कैलालीले अत्तरिया पत्रकार समूहलाई १४–५ ले हरायो। दोस्रो खेलमा पत्रकार महासंघ कैलालीले घोडाघोडी पत्रकार समूहलाई ७–४ ले पराजित गरेको छ।

यस्तै तेस्रो खेलमा अत्तरिया पत्रकार समूहले टिम बर्दगोरीयालाई ७–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित बनायो। चौथो खेलमा चडेपानी ब्वाइजले टिम घोडाघोडीलाई ६–२ ले पराजित गरेको छ। आजै भएको लिग चरणको छैठौं खेलमा आयोजक खेलकुद पत्रकार मञ्चले टिम बर्दगोरियालाई १८–१ को फराकिलो अन्तरले जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित बनायो।

लिग चरणको अन्तिम खेलमा चडेपानी ब्वाइजले पत्रकार महासंघ कैलालीलाई ७–३ ले पराजित गरेको हो। प्रतियोगिताअन्तर्गत भोलि पहिलो सेमिफाइनलमा आयोजक खेलकुद पत्रकार मञ्च कैलाली र पत्रकार महासंघ कैलालीबीच हुने छ भने अर्को सेमिफाइनलको खेल चडेपानी ब्वाइज र अत्तरिया पत्रकार समूहबीच हुने छ। भोलि नै फाइनल खेल पनि हुने आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए।

प्रतियोगिताको मुय प्रायोजक धनगढीको निसर्ग अस्पताल रहेको छ भने गौरीशंकर डेन्टर क्लिनिक सहप्रायोजक रहेको छ। प्रतियोगिता आयोजनामा एसपीए कलेज, मायामेटे अस्पताल, संजिवनी अस्पताल, ज्योती आयल स्टोर, रिया स्पोर्टस हाउस, मिश्र जनरल स्टोर, सिंह जनरल स्टोर, नेपाल वेस्टर्न कलेज, रुसलान, डल्लुज फुटसल लगायतले सहयोग गरेका छन्।


१३ असोज २०७९, बिहीवार १९:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु