सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो
बिहीबार सुनको मूल्य तोलामै ८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको मूल्य बिहीबार भने ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ र तेजाजी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार र तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
२३ भदौ २०७९, बिहीवार १३:०५ बजे प्रकाशित































