punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनुषामा दिउसै रकम लुट्ने २ जना पक्राउ

Chaupati
safha napa

धनुषामा दिनदहाडै रकम लुट्ने दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नम्बर ४ बस्ने २३ वर्षीय सरोज दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बुधवार लक्ष्मीनियाँ गाउँपालिका(४ सपहीस्थित रहेको मेगा बैंकबाट स्थानीय ७५ वर्षीय राम दासले १ लाख ८० हजार रुपैयाँ निकालेर बैंकबाट निस्केपछि दुवैजना रकम लुटेर फरार भएका थिए।

अपरिचित व्यक्तिले पैसा लुटेर फरार भएको सूचना प्रहरीमा आएपछि अनुसन्धान गर्दै जाँदा दुवै जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए। प्रहरीले लुटिएको रकममध्ये १ लाख ७५ हजार भरोशीको छाप्रो घरमा माटोमा खाल्डो खनी गाडेको अवस्थामा बरामद गरेको र सरोजबाट १ हजार ५ सय बरामद गरेको हो।

यस्तै, लुटपाटमा प्रयोग भएको ज १२ प ८५९३ नम्बरको पल्सर मोटरसाइकल बरामद गरी थप अनुसन्धान थालेको प्रहरी उपरीक्षक रजौरेले बताए।

यस अघिपनि साउन ९ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बाट रुपैयाँ लुट्ने लक्ष्मीनियाँकै दुई युवकलाई प्रहरीले पक्राउ गरेको थियो।

 


२३ भदौ २०७९, बिहीवार ११:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु